Main News

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

हिमालय टिभी
२०७७ मंसिर ३ गते १३:१२
दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

३ मंसिर, २०७७ काठमाडौं । नेकापाको सचिवालय बैठकसँग समय जुधाएर बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा पर सारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक राखिएको समयमै दिउँसो एक बजे मन्त्रिपरिषद बैठक बोलाउनु भएको थियो । तर बालुवाटारमा पार्टी महासचिव विष्णु पौडेल, नेता इश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ लगायतका नेतासँगको छलफलपछि मन्त्रिपरिषद् बैठक दुई बजेसम्मका लागि सारिएको हो ।

यसअघि प्रधानमन्त्री ओलीसहित बसेको बैठकले आज मध्यान्न १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । तर बिहानै मन्त्रीहरुलाई मध्यान्न १ बजे मन्त्रिपरिषद बैठक बस्ने सूचना प्रवाह गरिएको थियो ।

सामान्य अवस्थामा सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले भने आजै बैठक बोलाउनुभएको छ । सचिवालयका सदस्य प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषदमा पनि हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *