Main News

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

हिमालय टिभी
२०७७ मंसिर ३ गते १३:०८
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

३ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज पनि भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बिहान साढे दश बजे शीतल निवास पुग्नुभएको थियो । पार्टीमा विवाद बढिरहेका बेला प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच केही दिनयता लगातार भेटवार्ता भइरहेको छ ।

शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक एक घण्टा पर सार्नुभएको छ । त्यसअघि सचिवालय बैठकको समयमै मन्त्रिपरिषद बैठक बोलाइएको थियो ।

नेकपाको विवाद मिलाउन राष्ट्रपति भण्डारी सक्रिय देखिनुभएको छ । हिजो उहाँले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *