आर्थिक

कुखुराको दानाः कच्चा पदार्थ उत्पादन नहुँदा नेपाली व्यावसायी मारमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २ गते २०:२०
कुखुराको दानाः कच्चा पदार्थ उत्पादन नहुँदा नेपाली व्यावसायी मारमा (भिडियोसहित)

२ मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि भएको लकडाउन र निषेधाज्ञाका कारण सबैजसो व्यापार व्यवसायमा प्रभाव पर्‍यो । कुखुरा पालक किसानसँगै दाना व्यवसायी पनि यो बीचमा मर्कामा परेका छन् ।

कोरोना संक्रमण बढेसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण कुखुराको खपत घट्यो । व्यावसायिक रुपमा कुखुरा पाल्दै आएका किसानको खोरमै कुखुरा मरे । त्यसपछि किसानले खोरमा कुखुरा थप्न सकेनन् । यसले कुखुरा पालक किसान मात्र हैन दाना उत्पादन गर्ने व्यावसायी पनि मर्का परेका छन् । आफूले उत्पादन गरेको दानाको खपत घट्दै जाँदा व्यवसायीहरु चिन्तित छन् ।

कुखुराको दानाका लागि भटमास र मकै प्रयोग गरिन्छ । दानाका लागि चहिने भटमास र मकै विदेशबाटै आयात गर्नुपर्ने अवस्था छ । कच्चा पदार्थ विदेशबाट ल्याउँदा स्वदेशी दानाको मूल्य बढी र विदेशबाटै आयात गरिएका दानाको मूल्य सस्तो पर्न जान्छ ।

सरकारले विदेशबाट आयात गरिने मकै र भटमासमा नै बढी कर लगाउँदा पनि नेपालको दानाको मूल्य महंगो छ । त्यसैले पनि नेपालमा उत्पादन भएको दाना कुखुरा व्यवसायीको रोजाईमा पर्न सकेको छैन ।

अहिले भारतबाट चोरबाटो हुँदै दाना आउने गरेको छ । विदेशी दाना नेपालमा विना राजश्व भित्रिन्छ । त्यसैले चोरबाटोबाट दानाको ओसारपसारमा रोक लगाउन र मकै, भटमासको उत्पादन नेपालमै बढाउन पनि व्यवसायीको माग छ ।

दाना उद्योगमा संलग्न भई प्रत्यक्ष रुपमा करिब दुई लाख ५० हजारले रोजगारी पाएका छन् । तर स्वदेशी दानाको खपत घटेसँगै उनीहरुको समेत रोजगारी गुम्ने खतरा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *