खेलकूद

बंगलादेशलाई मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजको उपाधि, दोस्रो खेलमा बराबरी

हिमालय टिभी
२०७७ मंसिर २ गते १९:०७
बंगलादेशलाई मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजको उपाधि, दोस्रो खेलमा बराबरी

२ मंसिर, २०७७ काठमाडौं । बंगलादेशमा सम्पन्न मुजिव बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजको उपाधि घरेलु टिम बंगलादेशले जितेको छ ।

नेपाललाई समग्रमा २–० ले हराउँदै बंगलादेशले दुई खेलको सिरिज जितेको हो । पहिलो खेलमा नेपाल २–० ले पराजित भएपनि दोस्रो खेलमा सुधारिएको प्रदर्शन गरेको थियो । दोस्रो खेलमा नेपालले घरेलु टिमलाई गोलरहित बराबरीमा रोकेको हो ।

आजको खेलमा नेपालका लागि दुई खेलाडीले डेब्यू गरेका थिए । पहिलो खेलमाभन्दा दोस्रोमा प्रशिक्षक बालगोलपाल महर्जनले पाँच खेलाडी परिवर्तन गरेका थिए ।

दुई जना खेलाडीले नेपाली टिममा डेब्यू गर्ने मौका पाए । डिफेन्डर दर्शन गुरुङ र फरवार्ड छिरिङ गुरुङले डेब्यू गर्ने मौका पाएका हुन् । यस्तै आजको खेलमा डिफेन्डर रञ्जित धिमाल पनि फर्किएका थिए ।

कोरोना संक्रमित भएका कारण उनले पहिलो खेल गुमाएका थिए ।
योसँगै नेपाल गोलरहित बनेको चार सय २५ भएको छ ।

विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईविरुद्धको खेलमा २–० को जित निकालेपश्चात नेपालले एक गोल पनि गर्न सकेको छैन । त्यसक्रममा नेपालले अष्ट्रेलिया, जोर्डन, म्यानमार, कुवेत र बंगलादेशसँग खेलेको छ । पछिल्ला ६ खेलमा नेपालले १४ गोल खाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्