Political Hightlights

नेकपा अध्यक्ष प्रचण्डद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

हिमालय टिभी
२०७७ मंसिर २ गते १८:०१
नेकपा अध्यक्ष प्रचण्डद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

२ मंसिर, २०७७ काठमाडौं । पार्टीमा अन्तरसंघर्ष उत्कर्षमा पुगिरहेका बेला सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।

भोलि बोलाइएको सचिवालय बैठक स्थगित गर्न अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिइरहेका बेला प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नु भएको हो ।

प्रधानमन्त्रीबाट कुनै कदम चाल्न खोजे राष्ट्रपतिको भूमिकाबारे कुरा गर्न प्रचण्ड शीतल निवास पुगेको अनुमान छ । भेटमा भएको कुराकानी सार्वजनिक नभएपनि राष्टपतिसँग प्रचण्डले भेटेको प्रचण्डको सचिवालयले पुष्टि गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र विवाद बढिरहेका बेला पटक पटक राष्ट्रपतिसँग भेटवार्ता गरिरहनुभएको छ । ओलीले एक्स्ट्रिम कदम चाल्ने चेतावनी दिएको र त्यसमा राष्ट्रपतिको भूमिका पनि सहयोगी हुने देखिएपछि प्रचण्डले राष्ट्रपतिलाई भेटेको बुझिएको छ ।

नेकपाको आन्तरिक विवादमा पटकपटक सक्रिय भूमिका खेल्दै आएकी राष्ट्रपति भण्डारीले ओलीका लागि सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

केही दिन अघि मात्रै राष्ट्रपति नेकपा अध्यक्ष वामदेव गौतमलाई भेटेर छलफल गर्नुभएको थियो । तर राष्ट्रपतिको यो भूमिकाको चर्को आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्