आर्थिक

मिल्ती लघु जलविद्युत आयोजना १२ वर्षदेखि प्रयोगविहीन (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २ गते १७:२६
मिल्ती लघु जलविद्युत आयोजना १२ वर्षदेखि प्रयोगविहीन (भिडियोसहित)

२ मंसिर, २०७७ रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकास्थित मिल्ती लघु जलविद्युत आयोजना १२ वर्षदेखि प्रयोगविहीन छ ।

दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्ने डडुवाको मिल्तीखोलामा निर्माण भएको १६ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना रकम अभावका कारण अलपत्र परेको हो ।

विद्युत स्टेशनका कर्मचारीलाई तलब खुवाउन नसक्ने र मर्मतका लागि बजेट अभाव भएकाले २०६५ सालदेखि आयोजना बन्द छ ।

२९ लाख ६० हजार रुपैयाँको लागतमा निर्माण भएको यो आयोजनाबाट दोरम्बा गाउँपालिका वडा नम्बर १ डडुवा मेघ्रेका ८० घरधुरीले २०६५ सालसम्म बिजुली बालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *