आर्थिक

कोरोनाले मुर्झाएको श्रीअन्तुमा बढ्दै आगन्तुक (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २ गते १४:४१
कोरोनाले मुर्झाएको श्रीअन्तुमा बढ्दै आगन्तुक (भिडियोसहित)

२ मंसिर, २०७७, इलाम । इलाममा रहेको श्री अन्तु सुर्योदयको दृष्यावलोकनका लागि चर्चित गन्तव्य हो । सुर्योदयको दृष्य हेर्न यो क्षेत्रमा भीड लाग्छ । यही कारणले यहाँ होमस्टे तथा होटल खुलेका छन् ।

कोरोना महामारीका कारण अन्य क्षेत्र जस्तै पर्यटनमा पनि असर पारेको छ । विगतमा झैं बाक्लो संख्यामा पर्यटक नआए पनि अहिले थोरथोरै आन्तरिक पर्यटक श्रीअन्तु जान थालेका छन् । श्रीअन्तुलाई सुर्योदयको दृश्य अवलोकनका लागि देशकै आकर्षक क्षेत्र मानिन्छ ।

समुन्द्र सतहबाट १ हजार ८ सय २८ मिटरको उचाईमा रहेको श्रीअन्तुबाट झुल्के घामको सुन्दर दृश्य, तेस्रो अग्लो कन्चनजङगा हिमालसहित भारतका विभिन्न भू–भाग देख्न सकिन्छ । इलामको फिक्कल नजिकैबाट कालोपत्रे सडक हुँदै श्रीअन्तु पुगिन्छ। सिजनमा बस्ने ठाँउ नपाउने श्री अन्तुमा अहिले भने कोरोना महामारीका कारण थोरै पर्यटक पुग्ने गरेका छन् ।

चर्चित गन्तव्यको रुपमा रहेको श्री अन्तुले आर्थिक गतिविधि पनि बढाएको छ । तर कोरोना महामारीले अहिले यो क्षेत्रको पर्यटकीय गतिविधि पनि प्रभावित भएको छ । आवश्यक सचेतना अपनाउँदै श्री अन्तुलाई पहिलेकै जस्तो गुल्जार बनाउन प्रयास भइरहे पनि चुनौतिपूर्ण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *