Main News

तिहार सकिएसँगै छठ पर्वको तयारी शुरु

हिमालय टिभी
२०७७ मंसिर २ गते १३:३६
तिहार सकिएसँगै छठ पर्वको तयारी शुरु

२ मंसिर, २०७७, काठमाडौं । तिहार सकिएसँगै छठ पर्वको तयारी शुरु भएको छ । विशेष गरेर तराई क्षेत्रमा धुमधामका साथ मनाइने छठपर्व भोलि शुरु हुँदैछ ।

छठपर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन बर्तालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प गर्दछन् ।

यसलाई मिथिला क्षेत्रमा ‘नहाय–खाय’ भनिन्छ । त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिर प्रसादस्वरुप खाने गर्छन् । यसलाई ‘खरना’ भनिन्छ ।

पर्वको मुख्य दिन षष्टी तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यलाई अर्घ्य दिन्छन् । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

यसपालि कोभिड–१९ सङ्क्रमणका कारण बर्तालुले घरआँगनमै विधि सम्पन्न गर्ने तयारी गरेका छन् । छठको तयारीका क्रममा मिथिला क्षेत्रमा चहलपहल बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *