समाज

उदाहरणीय जनप्रतिनिधि, जसले आफ्नै खर्चमा वडाबासीलाई बाँड्दैछन् पूजा सामग्री (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १ गते १८:३७
उदाहरणीय जनप्रतिनिधि, जसले आफ्नै खर्चमा वडाबासीलाई बाँड्दैछन् पूजा सामग्री (भिडियोसहित)

१ मंसिर, २०७७ जनकपुरधाम । एक त कोरोनाको कहर त्यसमाथि लकडाउन र बेरोजगारी । दैनिक ज्याला मजदुरी गर्ने दलित, गरिबको कहाली लाग्दो पीडा । त्यसमाथि अब श्रद्धा र आस्थासँग जोडिएको चाडपर्व ।

गरिबका लागि यो पर्व भन्दा पनि पीडा भैरहेको छ । तर कतिपय स्थानमा सहयोगी हातको पनि कमी छैन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष शत्रुधन साहले वडाका सबै गरिब विपन्नलाई छठ मनाउन पुजा सामग्रीको जोहो गरिदिनु भएको छ ।

सामान्य बेलामा पनि गरिब तथा विपन्न परिवारमा चाड पर्व कसरी मनाउने भन्ने चिन्ता हुन्छ, अहिले त झन कोरोनाका कारण सिर्जित बेरोजगारीका कारण त्यो झन बढ्दो छ । आस्था, श्रद्धाका साथ मनाइने छठ पर्व हुने खानेदेखि निमुखाका लागि उतिकै महत्वपूर्ण छ। यस्तो अवस्थामा चाड पर्व मनाउन धौधौ परिरहेकै बेला जनकपुरधाममा स्थानीय जनप्रतिनिधि सहयोगी हात बनेर आउन थालेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का घर घर पुगेर छठ पूजा गर्नेका तथ्याङ्क संकलन गरी गरिब, विपन्न र अभाव भएका जो सुकैलाई पूजा सामग्री वितरण गरिएको छ ।

करिव साढे तीन सय जनालाई छठमा आवश्यक पर्ने गहुँ, एउटा सुतीको साडी, नरिवल र अगरवतीसहितको प्याकेज वितरण गरिएको छ। जनकपुरधाम उपनगरपालिका–१ का वडाध्यक्ष शत्रुधन साहले व्यक्तिगत खर्चमा यो काम गर्नुभएको छ ।

छठ मनाउन केही भए पनि राहत भएपछि विपन्न परिवार खुसी देखिन्छन । घरघर पुगेर समस्या बुझेको र सहयोग पाएको भन्दै उनीहरुले आफ्ना जनप्रतिनिधिको खुलेर प्रशंसा गरेका छन् ।

वडाध्यक्ष साहले लकडाउनका बेला पनि निःशुल्क भोजन शिविर चलाएर गरिब विपन्नलाई खाना खुवाउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *