Political Hightlights

वामदेव गौतमद्वारा उपप्रधानमन्त्री बन्न प्रधानमन्त्री ओलीले गरेको प्रस्ताव अस्वीकार

हिमालय टिभी
२०७७ कार्तिक ३० गते २०:३३
वामदेव गौतमद्वारा उपप्रधानमन्त्री बन्न प्रधानमन्त्री ओलीले गरेको प्रस्ताव अस्वीकार

३० कात्तिक, २०७७ काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री बन्न गरेको प्रस्ताव नेकपा उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गर्नु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले उपप्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गर्नुभएको गौतम निकट स्रोतले बतायो ।

पार्टीको संकट टार्नका लागि बालुवाटर छलफलमा पुग्नु भएका गौतमलाई वरिष्ठ उपप्रधानमन्त्री बन्न ठाडो प्रस्ताव गरेको र गौतमले अस्वीकार गर्नुभएको स्रोतको भनाइ छ ।

बालुवाटारमा करिव एक घण्टा लामो भेटवार्तामा गौतमले पार्टीभित्रको विवाद उच्च तहमा पुग्नुको मुख्य दोषी ओलीनै भएकाले अरुलाई दोष दिएर ओली उम्कन नपाउने बताउनु भएको थियो ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार गौतमलाई पार्टीमा देखिएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गर्न बालुवाटार बोलाइएको थियो ।

पार्टीमा देखिएका समस्या कसरी समाधान गर्ने भन्ने सम्बन्धमा छलफल भएको र उपाध्यक्ष गौतमले प्रधानमन्त्रीलाई सच्चिनुको विकल्प नभएको भनेर आउनु सुवेदीले जनाकारी दिनु भयो ।

त्यस्तै गौतमले प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैली सच्चाए समाधानको विकल्प त्यही हुने बताएको सुवेदीले बताउनु भयो । पछिल्लो समय नेकपाका कार्यकारी अध्यक्षले सचिवालय बैठकमा ओलीविरुद्ध आरोप लगाउँदै एकल प्रस्ताव पेश गरेपछि नेकपामा हलचल मच्चिएको छ।

ओली निकट नेता भने प्रचण्डको प्रस्ताव फिर्ता गराउने पक्षमा छन भने प्रचण्ड पक्षका नेताहरु सामूहिक प्रस्ताव भएको भन्दै फिर्ता नहुने बताउँदै आएका छन् ।

ओलीले शुक्रबार सचिवालयको बैठक सकिनासाथ पनि गौतम र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा बोलाएर आफ्नो समूहका सदस्यसहित छलफल गर्नु भएको थियो । त्यो बेला पनि गौतमले ओलीलाई आफ्नो कार्यशैली नसच्याए पार्टीमा संकट बढ्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्