Main News

चीनले सीमा बन्द गरेका कारण नेपाली सीमाबाटै मानसरोबर दर्शन गर्न बाध्य (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ३० गते १४:२७
चीनले सीमा बन्द गरेका कारण नेपाली सीमाबाटै मानसरोबर दर्शन गर्न बाध्य (भिडियोसहित)

३० कात्तिक, २०७७, नेपालगञ्ज । हुम्लाको लिमी उपत्यकाको लाप्चा भञ्याङबाट कैलाश मानसरोवर पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ । चीनको पुलाङ्ग काउण्टीमा रहेको कैलाश मानसरोवर हिन्दू धर्मालम्बीको पवित्र तिर्थस्थल हो ।

कोरोना संक्रमणका कारण देखाउँदै चीनले कैलाश मानसरोवर जाने हिल्सा नाका बन्द गरेको छ । जसका कारण लाप्चा भन्ज्याङबाट स्वदेशी तथा बिदेशी पर्यटक कैलाश मानसरोवर जान थालेका छन् ।

हुम्ला सदरमुकाम सिमीकोटबाट सानो गाडी मै चडेर एकै दिनमा लिमी उपत्यकाको लाप्चा भञ्याङ पुग्न सकिन्छ । तर ट्रयाक मात्रै खोलिएको सडक र बिच बाटोमा पर्ने खोलामा पुल नभएका कारण सडक यात्रा जोखिमपूर्ण छ ।

जोखिम मोलेरै स्वदेशी तथा विदेशी पर्यटक गाडी चडेरै लिमी उपत्यका पुग्ने गरेका छन् । लिमी उपत्यका समुद्र सतहदेखि करिब ५ हजार मिटरको उचाईमा पर्छ । जोखिम मोलेर यात्रा गर्न नचाहनेहरुले हुम्लाको सिमिकोटबाट हेलिकोप्टर चार्टर्ड गरेर करिब १ घन्टाको अवधिमा कैलाश मानसरोवरको दर्शन गर्न सक्छन् । भारतीय पर्यटकले सिमिकोटबाट हेलिकोप्टर चार्टर्ड गरेर पनि कैलाश मानसरोवरको दर्शन गरेका छन् ।

लिमी उपत्यकाको लाप्चा भञ्याङ हुम्लाको सिमिकोटबाट करिब १ सय ५ किलोमिटरको दूरीमा पर्छ । सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट अहिलेकोभन्दा अझ सहज रुपमा आवतजावत गर्न सकिन्छ ।

सिमिकोटबाट ट्रेकिङ्ग गर्दै जाँदा चौथो दिनमा कैलाश मानसरोवरको दर्शन गर्न सकिने लिमी उपत्यकाको लाप्चा भञ्याङ पुग्न सकिन्छ । कोरोना संक्रमणका कारण पूर्ण स्वास्थ्य सावधानी अपनाएर पर्यटक मानसरोवर जाने गरेका छन् ।

लिमी उपत्यकाबाट भदौदेखि मंसिरसम्म तथा बैशाखदेखि जेठसम्म सहज रुपमा कैलाश मानसरोवरको दर्शन गर्न सकिन्छ । पर्यटकले आफ्नो सुविधा र रुचि अनुसार ट्रेकिङ, जीप सफारी तथा हेलिकोप्टरबाट रमणीय दृश्य अवलोकन गर्दै सहजै लिमी उपत्यकाको लाप्चा भञ्याङ पुगेर कैलाश मानसरोवर दर्शन गर्न सक्छन् । यो वर्ष कोरोना महामारीका कारण पर्यटकीय गतिविधिहरु बन्द भए पनि कैलाश मानसरोवर यात्रा रोकिएको छैन ।

गत वर्ष नेपालगन्जबाट सिमिकोट हिल्सा हुँदै करिब १२ हजार भारतीय पर्यटकले कैलाश मान सरोवरको दर्शन गरेका थिए । हरेक वर्ष श्रावण पूर्णिमामा कैलाश मानसरोवरको दर्शन गर्नेको सबै भन्दा बढी भिड लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *