समाज

आधुनिकताको मारमा कुमालेको पेसा, पलायन हुनुपर्ने अवस्था सिर्जना (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २९ गते १८:२५
आधुनिकताको मारमा कुमालेको पेसा, पलायन हुनुपर्ने अवस्था सिर्जना (भिडियोसहित)

२९ कात्तिक, २०७७ काठमाडौं । कुमालेको माटाका भाडा बनाउने पुर्ख्यौली पेशा सङ्कटमा पर्न थालेको छ । विशेषगरि प्लाष्टिकको सामान बढी प्रयोग हुन थालेपछि माटाको भाँडा बनाउने पेशा संकटमा पर्न थालेको हो । पर्साका कुमालेको समस्या समेटेर तयार पारिएको यो रिपोर्ट–

कुमालेले परम्परागत रुपमा माटोबाट हाँडी, घैंटा, गमला, सुल्पा, चिलिम, दियो, कलश चुलालगायत लगायत आकर्षक माटाका भाडा बनाएर जिविकोपार्जन गर्दै आएका थिए । आधुनिकतासँगै माटोका सामग्री विक्री हुन छाडेपछि पेशा सङकटमा पर्दै गएको छ ।

मैनबत्ती र झिलिमिली बत्तीको प्रयोग बढेपछि माटोको दियोको प्रयोग पनि घटेको छ । तिहार तथा छठजस्ता ठूला पर्वमा सबैभन्दा बढी विक्री हुने माटाको भाँडाको बजार प्लाष्टिक, धातुका भाडा र झिलिमिलि बत्तीले लिएको छ । माटोका भाँडा बनाउनेले लागतसमेत उठाउन नसक्ने अवस्था छ ।

वीरगञ्ज र आसपासका क्षेत्रमा जमिन भाडामा लिएर सिजनमा माटोको काम गर्ने थुप्रै देखिन्छन् । व्यापार खस्कदै गएकाले वर्षेनि यही काम गर्ने त एकदमै कम छन् । लामो समयदेखि माटाका भाडा बनाउँदै आएका कतिपय त पेसाबाटै पलायन भएका छन् ।

माटोको भाडा बनाउन लाग्ने श्रम र लगानीको बारेमा उपभोक्ता जानकार नहुँदा सस्तोमा समान खोज्ने गरेको व्यवसायीको गुनासो छ । व्यवसायीले माटो अरुको खेतबाट ५ हजार रुपैयाँ ट्याक्टर तिरेर ल्याउनुपर्छ, दाउरा प्रति साइकल १ हजार पर्छ ।

माटोका समान स्वदेशमै उत्पादन हुन्छ । तर विदेशबाट आयात गरिने सामग्रीमा उपभोक्ताको आकर्षण बढेको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङकले समेत देखाउँछ । माटोको दियो बाल्न छोडेर उपभोक्ता अहिले बिजुलीको झिलिमिली बत्तीतर्फ आकर्षित भइरहेका छन् । जसले गर्दा करोडौको बिजुली बत्ती आयात हुने गरेको छ ।

चालु आर्थिक वर्ष २०७७–७८ को साउन यता मात्रै २५ करोड २५ लाख रुपैयाँ बराबरको बत्ती आयात भइसकेको छ । माटोका भाडा बनाउने पेशालाई व्यवस्थित र आधुनिकीकरण गर्न सरकारले ध्यान दिनुपर्ने सरोकारवालाको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *