जवानको रगतले महिलाको ज्यान बच्यो

हिमालय टिभी
२०७७ कार्तिक २९ गते १५:४५
जवानको रगतले महिलाको ज्यान बच्यो

२९ कात्तिक, २०७७ सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ निवासी ४१ वर्षीया सुन बुढाले गर्भपतनका लागि औषधि प्रयोग गर्दा उनको ज्यान जोखिममा पर्‍यो । उनी जिल्ला अस्पतालमा भर्ना भइन् ।

औषधि प्रयोग गर्दा उच्च रक्तस्राव हुँदा उनको ज्यान जोखिममा परेको हो । जोखिममा परेकी ती महिलालाई नेपाल प्रहरीका राजेन्द्र रानाले रगत दिएपछि उनको ज्यान जोगिएको छ ।

औषधि प्रयोग गर्दा रगत बढी बगेर ज्यान जोखिममा रहेका बुढालाई प्रहरी रानाले तीन प्रिन्ट रगत दिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

अझै बुढाको अवस्था नाजुक रहेकाले दुई प्रिन्ट रगतको आवश्यक देखिएको अनमी बोहराले बताउनुभयो । बजारमा रहेका औषधि मेडिकलबाट तीन महिनाको बच्चा फाल्नका लागि औषधि प्रयोग गरेको पाइएको छ ।

यसरी विनापरामर्श औषधि सेवा गर्दा ज्यान जोखिममा हुनाका साथै अन्य महिला पनि अस्पताल भर्ना हुने गरेको अनमी बोहराले बताउनुभयो । अस्पतालले गर्भपातको सेवा दिँदै आएको भए पनि बजारमा चर्को मूल्यमा किनेर औषधि सेवन गर्दा महिलालाई समस्या निम्तिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *