Political Hightlights

अध्यक्ष प्रचण्डको प्रस्ताव पार्टी एकताको मर्मविपरीतः मुख्यमन्त्री पोखरेल

हिमालय टिभी
२०७७ कार्तिक २९ गते १२:५८
अध्यक्ष प्रचण्डको प्रस्ताव पार्टी एकताको मर्मविपरीतः मुख्यमन्त्री पोखरेल

२९ कात्तिक, २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको प्रस्ताव पार्टी एकताको मर्मविपरीत भन्दै फिर्ता लिन आग्रह गर्नुभएको छ ।

फेसबुकमार्फत पोखरेलले प्रचण्डको प्रस्तावको विरोध गर्नुभएको हो । पोखरेलले प्रथम अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध प्रचण्डले संगीन आरोप लगाएको र त्यो प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको टिप्पणी गर्नुभएको छ ।

प्रचण्डलाई पार्टी एकता रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन मुख्यमन्त्री पोखरेलले अनुरोध गर्नु भएको छ ।

प्रचण्डले हिजो पेश गरेको प्रस्तावका विरुद्ध ओली पक्षले प्रतिवाद गर्न शुरु गरेको छ र त्यो सबैभन्दा पहिले ओलीका विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलबाट भएको छ ।

प्रचण्डले हिजो सचिवालयमा एकल प्रस्ताव पेश गर्दै सबै समस्या ओलीका कारण भएको आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्