Political Hightlights

पार्टी निर्णय सबैले स्वीकार गरे समस्या समाधान हुन्छः नेता नेपाल

हिमालय टिभी
२०७७ कार्तिक २८ गते १६:४६
पार्टी निर्णय सबैले स्वीकार गरे समस्या समाधान हुन्छः नेता नेपाल

२८ कात्तिक, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिबद्धता भए पार्टीभित्र देखिएको समस्या समाधान हुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्या आफै समाधान हुने बताउनुभएको हो । त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखेर छलफल, बहस र वादविवाद गर्नुपर्ने बताउनुभयो ।

बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने गर्दा समस्याको समाधान हुन नसक्ने पनि वरिष्ठ नेता नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पार्टी कमिटी नै एउटा ठाउँ हो जहाँ सबै खालका कुराहरु आउँछन, आउनुपर्छ । छलफल बहसबाट नै उपाय खोज्नुपर्छ । किनभने हामीले आन्दोलनलाई र यो पार्टीलाई एकतावद्ध भएर अगाडी बढाउनुपर्छ । एकतावद्ध भएर अगाडी बढाउन हामी सबै अनुशासनमा बाँधिनुपर्छ । अनुशासनमा बाँधिने हो भने आफ्नो आफ्नो ठाउँमा सशक्त र प्रभावकारी भूमिका खेल्ने हो भने भएका कमी कमजोरीलाई सुधार्ने हो भने त्यसपछि यो आन्दोलन अगाडी बढ्छ । पार्टी अगाडी बढ्छ । जनताको चाहनालाई हामी विगतमा पनि छलफल बहस वादविवाद हुँदै आएका छन् । छलफल बहसबाट भाग्ने पनि होइन, बैठकबाट भाग्ने पनि होइन, कमिटी प्रणालीबाट भाग्ने पनि होइन एक्लै बन्ने पनि होइन, पार्टीको सामूहिक नेतृत्वलाई पार्टीको निर्णयलाई स्वीकार गर्ने सबैमा प्रतिबद्धता चाहिन्छ ।

पार्टीलाई एकताबद्ध भएर अगाडी बढाउन सबै नेता कार्यकर्ता अनुशासनमा बाँधिनुपर्ने पनि वरिष्ठ नेता नेपालले बताउनुभयो । पार्टीको अनुशासनमा बाँधिने र आ–आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने, कमीकमजोरीहरुलाई सुधारेमा कम्युनिष्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्