Main News

अमेरिकाद्वारा नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग

हिमालय टिभी
२०७७ कार्तिक २८ गते १५:१४
अमेरिकाद्वारा नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग

२८ कात्तिक, २०७७ काठमाडौं । कोभिड १९ विरुद्धको लडाईमा सहयोग पुर्‍याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ ।

अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तानतरण गर्नुभयो ।

भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझदारी गर्न प्रतिबद्ध रहेको बताउनुभयो । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पुर्‍याउने उहाँले बताउनुभयो ।

७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द्व र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिडविरुद्धको लडाईका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले शुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेको प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले प्राप्त भेन्टिलेटर शुक्रबार १२ बजेबाटै विरतण शुरु गरिएको बताउनुभयो । सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलालाई ७÷७ वटाका दरले वितरण गरिने र बाँकी रहेको भेन्टिलेटरहरु हरेक सरकारी अस्पताललाई दुई—दुई वटाका दरले वितरण गरिने उहाँले बताउनुभयो ।

भेन्टिलेटरका अतिरिक्त युएसआइडीले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्शसमेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *