Main News

एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयारः प्रस्तावित राजदूत खतिवडा

हिमालय टिभी
२०७७ कार्तिक २७ गते १७:५९
एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयारः प्रस्तावित राजदूत खतिवडा

२७ कात्तिक, २०७७ काठमाडौं । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत एवं पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार रहेको बताउनुभएको छ ।

संसदीय सुनुवाई समितिमा डाक्टर खतिवडाले अमेरिकी अधिकारीहरुले विकासबाहेक अरु स्वार्थ नभएको भनेकाले नेपालमा उठेका विषयमा छलफल गरेर समझदारी बनाउन सकिने बताउनुभयो ।

युएसएआईडीको ठूलो सहयोगलाई पनि नेपालको हित, प्राथमिकता र राष्ट्रिय बजेट प्रणालीमा ल्याउने प्रयास गर्ने खतिवडाले बताउनुभयो । खतिवडाले एमसीसीबारे आफ्नो भूमिका फेरिएको पनि बताउनुभयो । तर एमससीबारे बुझाइमा पनि केही समस्या रहेकाले विरोध भैरहेको उहाँले दावी गर्नुभयो ।

आफूविरुद्ध परेका उजुरीहरुमा जवाफ दिँदै खतिवडाले शैलीगत रुपमा व्यक्तिगत कमी कमजोरी भएपनि नैतिक र आर्थिक रुपमा आफू कमजोर नभएको दावी पेश गर्नुभयो ।

आफूविरुद्ध गलत मान्छेहरुले उजुरी गरेको उहाँको तर्क छ । कारवाहीमा परेका, करछलीमा परेका र बैंकिङ कसुरमा कारवाहीमा परेकाहरुले उजुरी गर्नु सामान्य भएको उहाँको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *