वीरगञ्जको एउटा कार्टुन उद्योगमा भीषण आगलागी

हिमालय टिभी
२०७७ कार्तिक २७ गते ७:१३
वीरगञ्जको एउटा कार्टुन उद्योगमा भीषण आगलागी

२७ कात्तिक, २०७७, पर्सा । वीरगञ्जको एउटा कार्टुन उद्योगमा भीषण आगलागी भएको छ । वीरगञ्ज–१५ इनर बाइपासस्थित हनुमान प्याकेजिङमा आगलागी भएको हो ।

राजेश प्रसाद सिंह लगायतले सञ्चालन गरेको प्याकेजिङ उद्योगमा आगलागीले पु¥याएको क्षतिको विवरण आउन सकेको छैन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर वीरगञ्ज महानगरपालिकाको २ वटा, कलैया उपमहानगरपालिका र पोखरिया नगरपालिकाको १÷१ वटा गरी चार वटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

उद्योगसम्म जाने बाटो साँघुरो भएकाले आगलागी नियन्त्रणमा समस्या भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक शाहले जानकारी दिनुभयो ।

‘‘कार्टुन बनाउने उद्योग रहेछ, आगो त लगभग नियन्त्रणमा आइसकेको छ ।’ उहाँले भन्नुभयो ‘ मान्छे उद्योगभित्र जान सकेको छैन । त्यसैले दमकल रोकेर राखेका छौं ।’

आगलागीको कारण खुल्न नसकेको र क्षतिको विवरण संकलन भइरहेको जानकारी उहाँले दिनुभयो । उद्योगबाट धुँवा निस्केको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *