Political Hightlights

प्रधानमन्त्री ओलीले भने–राजीनामा पनि दिन्नँ, पार्टी फुट्न पनि दिन्नँ

हिमालय टिभी
२०७७ कार्तिक २६ गते १८:५३
प्रधानमन्त्री ओलीले भने–राजीनामा पनि दिन्नँ, पार्टी फुट्न पनि दिन्नँ

२६ कात्तिक, २०७७ संखुवासाभा । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा विवाद भए पनि फुट्न नदिने बताउनु भएको छ ।

संखुवासभामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विवाद हुने बित्तिकै पार्टी नफुट्ने बताउनुभयो ।

किमाथान्का नाकालगायत अरुण तेस्रोको बाँध अवलोकनपछि मकालु गाउँपालिकामा आयोजित कार्यक्रममा उहाँले पार्टी फुट्न नदिने प्रतिबद्धता जनाउनुभयो ।

उक्त अवसरमा उहाँले आफुले राजीनामा नदिने दोहोर्‍याउनुभयो । जनचाहनामा यो सरकार बनेको भन्दै प्रधानमन्त्री ओलीले राजीनामा दिए जनताको अपमान हुने तर्क गर्नुभयो ।

चीनलाई जोड्ने किमाथांका नाका छिट्टै सञ्चालन हुने पनि उहाँले जानकारी दिनुभयो । संखुवासभाका विभिन्न स्थानमा अवलोकनका लागि गएका प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्