Main News

तिहारको भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक विदा

हिमालय टिभी
२०७७ कार्तिक २६ गते १७:०४
तिहारको भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक विदा

२६ कात्तिक, २०७७ काठमाडौं । सरकारले भाइटीकाको भोलिपल्ट मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको कात्तिक २४ गतेको बैठकले किजा पूजाका अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले आज विज्ञप्ति निकालेर त्यो दिन देशभर दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थामा बिदा हुने जनाएको छ ।

नेवार समुदायले भाइटीकाको भोलिपल्ट मात्रै भाइटीका लगाउने गर्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *