खेलकूद

दर्शकले नेपाल–बंगलादेश मैत्रीपूर्ण फूटबल प्रतिस्पर्धा रंगशालामै हेर्न पाउने

हिमालय टिभी
२०७७ कार्तिक २६ गते १४:५३
दर्शकले नेपाल–बंगलादेश मैत्रीपूर्ण फूटबल प्रतिस्पर्धा रंगशालामै हेर्न पाउने

२६ कात्तिक, २०७७ काठमाडौं । नेपाल र बंगलादेशबीचको दुई वटा मैत्रीपूर्ण फुटबल खेल दर्शकले रंगशालामा पुगेर प्रत्यक्ष हेर्न पाउने भएका छन् ।

आयोजक बंगलादेश फुटबल फेडेरेशन बीएफएफले मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश दिने निर्णय गरेको हो । कोरोनाका कारण अन्य देशका थुप्रै खेल बन्द रंगशालामा भइरहेका छन् ।

फिफा र एएफसीको नियमभित्र रहेर यो खेल प्रत्यक्ष हेर्नका लागि दर्शकलाई रंगशाला प्रवेश अनुमति दिइएको बीएफएफले जनाएको छ । जसका लागि फेडेरेशनले टिकट मूल्य समेत तोकिसकेको छ । तर कति संख्यामा प्रवेश दिने भन्ने बारे खुलाइएको छैन ।

फिफा विश्वकप र एसिया कप छनोटको तयारीमा रहेको नेपालले कात्तिक २८ गते र मंसिर २ गते ढाकामा ब‌गलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

एक वर्ष पछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपाली टोलीले अहिले ढाकामा प्रशिक्षण गरिरहेको छ । नेपाल र बंगलादेशबीच भएको पछिल्लो पाँच खेल मध्ये नेपालले ३ जित र एक बराबरी गर्दा एक खेल हारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्