समाज

पाल्पा-बुटवल सडक: विस्तारका नाममा यात्रुलाई सास्ती (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २६ गते १४:३८
पाल्पा-बुटवल सडक: विस्तारका नाममा यात्रुलाई सास्ती (भिडियोसहित)

२६ कात्तिक, २०७७ पाल्पा । अत्यधिक सडक दुर्घटन हुने पाल्पा–बुटवल सडकमा जोखिम झन थपिएको छ । तानसेन नगरपालिकाले सडक विस्तारका नाममा बाटो खनेर अलपत्र पार्दा धुलो र खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको हो । नगरपालिका क्षेत्रभित्र पर्ने पाल्पाको गौडेपुलदेखि जोगिपानीसम्मको सडकखण्ड विस्तार गर्न भन्दै जताततै सडक भत्काइएको छ ।

धुलोका कारण साना सवारी चालक निकै समस्या परेका छन् । बर्षातको समयमा हिलाम्मे तथा घाम लागेको समयमा धुलाम्मे भएका कारणले सवारी चालक मात्रै होइन सडक वरपर घर भएका नागरिक पनि उत्तिकै समस्या छन् । धुलोका कारण आफूहरूमा विभिन्न रोगको जोखिम बढेको सडक छेउ बस्नेको चिन्ता छ ।

सडक विस्तार गर्नुभन्दा अगाडि सिद्वबाबा सडक खण्डमा धुलो र हिलोको जोखिम मोल्दै आएका चालक तथा यात्रु अहिले सडक विस्तारको नाममा जताततै खाल्डो खनेर अलपत्र पारिएपछि थप समस्यामा परेका छन् ।

तानसेन नगरपालिकाले केही समय रोकिएको सडक सुधार कार्य अब छिट्टै शुरू गर्ने जनाएको छ । विकास गर्ने क्रममा केही असजिलो अवस्था आउने र नागरिकले पनि सहनुपर्ने नगरपालिकाको जिकीर छ ।

सिद्धार्थ राजमार्गमा यात्रा गर्नु जहिले पनि जोखिमपूर्ण मानिन्छ । सडकको पछिल्लो अवस्थाले आगोमा घ्यु थपेको छ । विस्तार आवस्यक भए पनि सडक खनेर लामो समय यत्तिकै छाड्ने प्रवृति बेलैमा सच्चाउनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *