Main News

थप २७३६ जना कोरोना संक्रमित थपिए, थप २२ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २५ गते १६:२८
थप २७३६ जना कोरोना संक्रमित थपिए, थप २२ जनाको मृत्यु

२५ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ। यो सँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमितको संख्या दुइ लाख नजिक पुगेको छ । पछिल्लो पटक १२ हजार ९६० जनाको पीसीआर परीक्षण गर्दा थप २७ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।

कुल संक्रमितमध्ये ३८ हजार ३५ सक्रिय संक्रमित छन् । थपिएकामध्ये १४ सय २० संक्रमित काठमाडौं उपत्यकामा छन् । काठमाडौंमा ११ सय ४१, ललितपुरमा १ सय ९३ र भक्तपुरमा ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकावाहिर चितवनमा १ सय ६८, काभ्रेमा १ सय १, कास्कीमा ९४, झापामा ९३, रुपन्देहीमा ८८ र सुनसरीमा ७८ संक्रमित थपिएका छन् ।

पछिल्लो पटक ८ सय ५३ जना मात्रै संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या केहिदिनयताकै कम हो ।

हालसम्म १ लाख ६० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएका छन् । ४ सय ४ जना संक्रमितको आइसीयु र ९६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *