आर्थिक

एभरेष्ट बैंकले तीन महिनामा कमायो ३३ करोड ४७ लाख मुनाफा

हिमालय टिभी
२०७७ कार्तिक २४ गते १३:२९
एभरेष्ट बैंकले तीन महिनामा कमायो ३३ करोड ४७ लाख मुनाफा

२४ कात्तिक, २०७७ काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३३ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ ।

एभरेष्ट बैंकको नाफा गत वर्षको पहिलो त्रैमाशको तुलनामा ५१ दशमलव पाँच चार प्रतिशत घटेको छ। खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी घटेका कारण बैंकको खुद नाफा पनि घट्न पुगेको हो ।

८ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एभरेष्ट बैंकको जगेडा कोषमा ८ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ ।

नाफा घटेसँग उसको प्रतिशेयर आम्दानी पनि आधा कम अर्थात १५ रुपैयाँ ७३ पैसा कामय छ । बैंकको कर्जा विस्तार ३ तथा निक्षेप संकलन ९ प्रतिशतको हाराहारीमा बढेको छ ।

बैंकको निक्षेप संकलन १ खर्ब ५६ अर्ब रुपैयाँ छ । उसले १ खर्ब १५ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *