Main News

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

हिमालय टिभी
२०७७ कार्तिक २४ गते १३:१७
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

२४ कात्तिक, २०७७ काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको छ ।

अर्को व्यवस्था नभइन्जेलसम्मका लागि मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । शाक्यले आजै पदबाहाली गर्नुभएको छ । पदबहाली गर्दै शाक्यले प्राधिकरणलाई थप बलियो बनाउन योगदान दिने बताउनुभएको छ ।

उपकार्यकारी निर्देशक शाक्यलाई एनईए इन्जिनियरिङ कम्पनीबाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिनुभएको थियो ।

यसअघिका निमित्त कार्यकारी निर्देशक रहनुभएका लेखनाथ कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक हुनुहुन्थ्यो ।

यसअघि ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट कोइरालालाई बरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिनुभएको थियो ।

शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *