सुनसरीमा आजदेखि मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी

हिमालय टिभी
२०७७ कार्तिक २४ गते ८:५८
सुनसरीमा आजदेखि मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी

२४ कात्तिक, २०७७ विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले सोमबारदेखि मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले कोरोना संक्रमणको जोखि बढिरहेकाले यस्तो निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा लगाएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यो अवधिमा देउसीभैंलो खेल्न पनि निषेध गरिएको छ । जसले गर्दा यसपालीको तिहारमा देउसीभैंलो खेल्न नपाइने भएको छ ।

यस्तै, तराईमा धुमधामले मनाइने छठ पर्वलाई पनि यसपाली सार्वजनिकरुपमा नदी, तलाउ तथा पोखरीहरुमा मनाउन प्रशासनले रोक लगाएको छ ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले छठ पर्वलाई पनि नदी, तलाउ, पोखरी, नहरतिर भिडभाड गरेर मनाउन निषेध गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *