खेलकूद

रियल सोसिडाड स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा

हिमालय टिभी
२०७७ कार्तिक २४ गते ८:१२
रियल सोसिडाड स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा

२४ कात्तिक, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति सम्पन्न खेलमा ग्रानाडालाई २–० ले पराजित गर्दै रियल शीर्ष स्थानमा पुगेको हो । रियलको जितमा नाचो मोनरियलले २२औं मिनेटमा र मिखेल ओएरजावलले २७औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

यस्तै ग्रानाडाका १८ वर्षीय गोलरक्षक एञ्जल जिमेनेजले रियलको एउटा पेनाल्टी प्रहार जोगाएका थिए । ८६ औं मिनेटमा रोबिन ली नोरमान्डले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सिमित भएको थियो ।

रियलले १० खेल खेल्दै २० अंक जोडेको छ । त्यस्तै पाँचौ स्थानको ग्रानाडाको ८ खेलबाट १४ अंक छ ।

उता ला लिगा अन्तर्गत नै भ्यालेन्सियाले रियल मड्रिडलाई ४–१ गोलले स्तब्ध बनायो । घरेलु मैदानमा भ्यालेन्सियाको जितमा कार्लोस सोलेरले पेनाल्टीमार्फत ह्याट्रिक बनाए ।

रियलले २३ औं मिनेटमा करिम बेञ्जिमाको गोलसँगै अग्रता बनाएको थियो । तर त्यसपछि भ्यालेन्सियाले लगातार तीन गोल फर्काएको थियो । सोलेरले खेलको ३५ औं, ५४ औं र ६३ औं मिनेटमा तीनवटै गोल पेनाल्टीमै गरेका थिए ।

त्यस्तै ४३ औं मिनेटमा रियलका राफायल भारानेले आत्मघाती गोल गरे । हारसँगै चौथो स्थानमा झरेको रियलको ८ खेलबाट १६ अंक छ । उता भ्यालेन्सिया ९ खेलबाट ११ अंकसहित नवौं स्थानमा उक्लिएको छ ।

ला लिगा अन्तर्गत नै गएराति सम्पन्न अन्य खेलमा भिल्लारियालले गेटाफेलाई ३–१ ले तथा रियल भालाडोलिडले एथ्लेटिको बिल्बाओलाई २–१ ले पराजित गरे । त्यस्तै लेभान्टे र अलाभेसले ११ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्