Political Hightlights

आन्तरिक विवाद समाधानका लागि नेकपाका शीर्ष नेताहरु छलफलमा जुट्दै

हिमालय टिभी
२०७७ कार्तिक २४ गते ७:३०
आन्तरिक विवाद समाधानका लागि नेकपाका शीर्ष नेताहरु छलफलमा जुट्दै

२४ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि आज पनि शीर्ष नेताहरु छलफलमा जुट्दै छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यले बैठक बोलाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम आज सकिँदैछ ।

आजसम्ममा सचिवालय बैठक बोलाउनेबारे प्रधानमन्त्री ओली सकारात्मक नदेखिए थप रणनीति बनाउने प्रचण्ड–माधवन नेपाल पक्षको तयारी छ ।

सचिवालयका बहुमत सदस्यले बैठक बोलाउन माग गर्दा पनि बेवास्ता गर्नुभएका प्रधानमन्त्री ओलीले शीर्ष नेताहरुलाई एक्लाएक्लै भेट गरिरहनु भएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले पनि नेताहरुसँग आन्तरिक छलफल गरिरहनुभएको छ । आज पनि प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच छलफलको तयारी भएको छ ।

यद्यपि समय भने तय भइनसकेको प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड ओलीसँग एक्लै भेट्ने पक्षमा समेत हुनुहुन्न । प्रचण्ड–नेपाल पक्षले आजसम्म सचिवालय बैठकको मिति तय नभए नयाँ रणनीतिसहित अघि बढ्ने बताएकाले ओली केही नरम बन्नु भएको छ ।

ओली निकट नेता शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत् स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नै एकताको शुत्र भएको बताउनुभएको छ । प्रचण्ड र नेपाललाइ फकाउन ओली र ओली निकट नेताहरुको सक्रियता समेत बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्