Main News

कोरोना नियन्त्रण र उपचारमा सरकार नयाँ नीति अपनाउने तयारीमा

हिमालय टिभी
२०७७ कार्तिक २३ गते १३:२२
कोरोना नियन्त्रण र उपचारमा सरकार नयाँ नीति अपनाउने तयारीमा

२३ कात्तिक, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने भएको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ ।

सर्वोच्च अदालतले कोरोनाबाट सङ्क्रमितको उपचार निःशुल्क गर्न दिएको आदेशसहितका विषयमा छलफल गरी नयाँ रणनीति तय गर्ने उद्देश्यले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड नाइन्टिन संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक बसिरहेको छ ।

बैठकबाट कोरोना महामारीको संकटलाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारले नयाँ रणनीति ल्याउने विश्वास गरिएको छ । केही दिनयता सङ्क्रमित हुने सङ्ख्या तुलनात्मक रूपमा घटे पनि सङ्क्रमण घटेको छैन ।

नेपालमा संक्रमितको एक लाख ९१ हजार ६३६ पुगेको छ । मृतकको सङ्ख्या बढेर एक हजार ८७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *