खेलकूद

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी

हिमालय टिभी
२०७७ कार्तिक २३ गते ९:२३
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी

२३ कात्तिक, २०७७ काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना विजयी भएको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल, ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक एक गोल गर्नुभयो ।

बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक एक गोल फर्काउनुभएको थियो । जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ ।

तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा समेत उक्लिएको छ ।बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्