Main News

पूर्व सांसद वीरबहादुर लामाको निधन

हिमालय टिभी
२०७७ कार्तिक २३ गते ९:११
पूर्व सांसद वीरबहादुर लामाको निधन

२३ कात्तिक, २०७७ काठमाडौं । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ।

पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको आज बिहान निधन हो । दुबै मिर्गौलाले काम गर्न छोडेपछि उहाँको निधन भएको बताइएको छ ।

२ हजार ४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बन्नु भएका लामा २ हजार ५६ सालमा मकवानपुर(३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

२०६२–०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहनु भएका लामा २ हजार ६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित हुनु भएको थियो । लामा जिविसका सभापति हुँदा काठमाडौंलाई तराईसँग जोड्ने मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो।

जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा तत्कालिन नेकपा एमालेभित्र भएको विवादपछि अशोक राईको नेतृत्वमा लामासहितका नेताहरुले पार्टी परित्याग गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *