३ कोठे घर भएपछि विपन्न परिवारमा यस्तो खुसियाली (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २३ गते ६:३७
३ कोठे घर भएपछि विपन्न परिवारमा यस्तो खुसियाली (भिडियोसहित)

२३ कात्तिक, २०७७ मोरङ । मोरङको ग्रामथान गाउँपालिकाका गरिब तथा विपन्न वर्गका नागरिकका लागि निर्माण गरिएको आवास स्थानीयलाई हस्तान्तरण गरिएको छ । सरकारको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत पक्की संरचनासहित निर्माण गरिएको ३ कोठे आवास पाएपछि विपन्न परिवार खुसी छन् ।

आर्थिक अवस्था कमजोर भएर घर बनाउन नसकी अस्थायी संरचनामा कष्टकर जीवन गुजार्दै आएकी मोरङ ग्रामथान–७ की प्रमिला चौधरीले अब गर्मीमा लामखुट्टे, वर्षायाममा पानी चुहेर हिलाम्मे र जाडोयाममा चिसो सिरेटो खानु नपर्ने भएको छ । अस्थायी टहरमा धेरै कष्टकर तरिकाले जीवनयापन गर्नु परेको चौधरीको पीडा अन्त्य भएको छ ।

एकीकृत नमूना वस्तीमा अहिले जम्मा ३६ मध्ये ३४ वटा ३ कोठे पक्की संरचनासहितका घर निर्माण भएर हस्तान्तरण भइसकेका छन् । थप २ वटा आवासको निर्माण सम्पन्न गरेर छिट्टै सम्बन्धितलाई हस्तान्तरण गर्ने योजना छ । प्रदेश सरकारको यही कार्यकालभित्र सुकुम्बासी तथा भूमिहीन नागरिकलाई भूमि र त्यसको प्रमाणपुर्जा उपलब्ध गराउने तयारी छ ।

तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ६७ लाख ९ हजार १ सय ९६, स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १ करोड १९ लाख ८६ हजार ९५ रुपैयाँ बजेट दिएका छन् ।

यो रकममा ग्रामथान गाउँपालिको १ करोड १७ लाख ४५ हजार ७ सय ७३ रूपैयाँ थपेर गरिब तथा विपन्नका लागि आवास निर्माण गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *