आर्थिक

कर्णालीमा मनपरी शुल्क असुल्ने बैंकविरुद्ध राष्ट्र बैंक आक्रामक (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २३ गते ६:३२
कर्णालीमा मनपरी शुल्क असुल्ने बैंकविरुद्ध राष्ट्र बैंक आक्रामक (भिडियोसहित)

२३ कात्तिक, २०७७ सुर्खेत । कर्णाली प्रदेशमा सेवाग्राहीबाट मनपरी व्याज र हर्जना असुल्दै आएका बैंकक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई क्षतिपूर्ति तिर्न थालेका छन् । कर्णालीमा राष्ट्र बैंकको सक्रियताले बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीबाट मनपरी रुपमा असुलेको रकम फिर्ता गराउन थालिएको हो ।

कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीबाट अनावश्यक रुपमा लिइएको रकम फिर्ता गर्न थालेका छन् । र जसमा कर्णाली प्रदेशमा स्थापना भएको राष्ट्र बैंकको प्रादेशिक कार्यालयले सहजीकरण गरिरहेको छ ।

व्यापार, व्यवसायमा लगानी गर्ने बैंकले नियमविपरीत चर्को व्याज र हर्जना असुल्ने गरेको गुनासो सुनिएपछि राष्ट्र बैंकको प्रादेशिक कार्यालयले सहजीकरण गरेर अनावश्यक रुपमा असुलिएको रकम फिर्ता गराउन थालेको हो ।

ग्राहकलाई आकर्षित गर्न निक्षेपमा उच्च ब्याजदरको लोभ देखाउने तर केही समयमै अग्रिम जानकारीबिना ब्याज घटाइदिने गरेका बैंक तथा वित्तीय संस्थाले ऋण तथा अन्य सेवामा पनि चर्को व्याज असुुल्दै आएका छन् । कर्णाली प्रदेशका कतिपय बैंक र लघुवित्तले निक्षेप स्किममा भने अनुसार ब्याज नदिने, निक्षेप लिइसकेपछि मनपरी ब्याज घटाइदिने र कर्जामा बढाउने गरेका कारण नियमन थालिएको हो ।

बैंकक तथा वित्तीय संस्थाबाट ठगिएको महशुस गरेका नागरिकले उजुरी गरेपछि राष्ट्र बैंकले छानबिन गर्दै आएको छ । अनियमित काम गर्ने र तोकिएभन्दा बढी ब्याज असुल्ने र बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकले निरन्तर अनुगमन गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *