बलात्कारको विरोधमा कपिलवस्तुमा ‘अझै कति सहने ?’ अभियान

हिमालय टिभी
२०७७ कार्तिक २२ गते १६:५८
बलात्कारको विरोधमा कपिलवस्तुमा ‘अझै कति सहने ?’ अभियान

२२ कात्तिक, २०७७ कपिलवस्तु । बलात्कारको विरोधमा कपिलवस्तुको तौलिहवामा “अझै कति सहने ?” स्वतन्त्र अभियान चलाइएको छ ।

अभियानकर्मीले बलात्कारको विरोधमा नयाँ टोल हुँदै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारसम्म र्‍याली गरेका छन् । विश्वभर “द रेपिष्ट ईन योर पथ” नामक महिलावादी अभियान चल्दै गर्दा नेपालमा “अझै कति सहने ?” स्वतन्त्र अभियान चलाईएको हो ।

बलात्कारको विरोधमा फरक शैली र बुलन्द आवाज बनाउने परिकल्पनाका साथ अभियान चलाइएको अभियन्ताले बताएका छन् ।

अभियानले बलात्कार कसुरमा हद म्याद नलाग्ने, कम सजाय तोक्न नपाइने, आजीवन जेल सजाय हुने पर्नेसहित ७ बुँदे माग राखेको छ । आज देशभरका ३० जिल्लामा कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *