खेलकूद

साउथ ह्याम्टन इंग्लिस प्रिमियर लीग शीर्ष स्थानमा

हिमालय टिभी
२०७७ कार्तिक २२ गते ८:०७
साउथ ह्याम्टन इंग्लिस प्रिमियर लीग शीर्ष स्थानमा

२२ कात्तिक, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साउथ ह्याम्टन शीर्ष स्थानमा उक्लिएको छ ।

समूह चरणको आफ्नो आठौं खेलमा र न्यूक्यासल युनाइटेडमाथि २–० को जित निकाल्दै साउथ ह्याम्टन शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदानमा साउथ ह्याम्टनको जितमा चे एडम्स र स्टुवार्ट आम्स्ट्रङ् एक(एक गोल गरे ।

खेलको सातौं मिनेटमा चेले गोल गर्दै साउथ ह्याम्टनलाई अग्रता दिलाएका थिए । त्यसपछि ८२ औं मिनेटमा स्टुवार्टले गोल गर्दै साउथ ह्याम्टनको जित सुनिश्चित पारे । जितसँगै साउथ ह्याम्टनले ८ खेलमा १६ अंक जोडेको छ ।

साउथ ह्याम्टन सन् १९ सय ८८ पछि पहिलो पटक प्रिमियर लीगको शीर्ष स्थानमा पुगेको हो ।

प्रिमियर लीगकै अर्को खेलमा ब्राइटन र बर्नलीले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्