Main News

कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा एक महिने शिशुसहित थप चार जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २१ गते १५:१८
कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा एक महिने शिशुसहित थप चार जनाको मृत्यु

२१ कात्तिक, २०७७ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण एक महिने शिशुसहित थप ४ जनाको मृत्यु भएको छ । पोखरा महानगरका ३ र बागलुङका १ संक्रमितको मृत्यु भएको हो ।

पोखरा महानगरपालिकाकाका ३० दिने शिशुको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यस्तै पोखरा महागनरपालिका वडा नम्वर १७ का ७५ वर्षीय पुरुष, वडा नम्वर १० का ५७ वर्षीय पुरुष र बागलुङ जैमिने नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय पुरुषको पनि मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *