Main News

कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक २१ गते ८:३४
कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु

२१ कात्तिक, २०७७, धनगढी । कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता समेत थिए ।

६३ वर्षीय शाहको शुक्रबार बिहान ६ बजेर २५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पताल जनाएको छ ।

शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । शाह नेकपाको गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य पनि थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *