खेलकूद

च्याम्पियन्स लिगमा बार्सिलोना, युभेन्टस र चेल्सी विजयी

हिमालय टिभी
२०७७ कार्तिक २० गते ७:३८
च्याम्पियन्स लिगमा बार्सिलोना, युभेन्टस र चेल्सी विजयी

२० कात्तिक, २०७७ काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना, युभेन्टस र चेल्सीले प्रभावशाली जित निकालेका छन् भने पीएसजी र म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले टिमलाई सुरुवाति अग्रता दिलाए ।

यस्तै ६५ औँ मिनेटमा जेरार्ड पिकेले गोल गरि बार्सिलोनाको अग्रता दोब्बर पारे। डिनामो किएभका लागि सिगान्कोभले ७५ औँ मिनेटमा एक गोल फर्काए। लगातार तेस्रो जितसहित बार्सिलोना ९ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।

लीग अन्तरगत अर्को खेलमा युभेन्टसले शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा युभेन्टसले फेरेन्सभारोसी टिसीलाई ४–१ ले पराजित गरेको हो । युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले एक गोल गरे ।

टिसीका डिभालीले आत्मघाती गोल गरे । टिसीका लागि बोलीले एक गोल फर्काए । जितपछि तीन खेलबाट ६ अंकसहित युभेन्टस समूहको दोस्रो स्थानमा रहेको छ ।

बुधबार राति भएका अरु खेलमा समूह ई को चेल्सीले रिनेसलाई ३–० ले पराजित गरेको छ । यस्तै सोही समूहको सेभिल्लाले एफके क्रास्नोडरलाई ३–२ ले पराजित गरेको छ ।

यता पीएसजी भने आरबी लिपजिङसँग २१ ले पराजित भएको छ । यस्तै म्यानचेस्टर युनाईटेड पनि स्थानबुलसँग पराजित भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्