Main News

पाँच तारे होटलमा आइसोलेसन बस्ने मेयर गरिबको खानाबाट लज्जित (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १९ गते २०:१८
पाँच तारे होटलमा आइसोलेसन बस्ने मेयर गरिबको खानाबाट लज्जित (भिडियोसहित)

१९ कात्तिक, २०७७ काठमाडौं । गरिब गुरुवालाई निःशुल्क खाना खुवाउनेमाथि काठमाडौं महानगरपालिकाको कु दृष्टि अझै हटेको छैन । महानगरले खुलामञ्चमा गरिबलाई खाना नखुवाउन अभियन्तालाई निरन्तर दबाब दिइरहेको छ ।

लकडाउन र निषेधाज्ञामा अलपत्र परेका नागरिकका लागि सिन्कोसमेत नभाँचेको महानगरले खुल्लामञ्चमा खाने खानेको भिडियो र फोटोले देशको बेइज्जत भएको बताएको छ ।

काठमाडौंका खुल्लामञ्चमा निःशुल्क भोजन वितरण गर्न अवरोध गरेपछि सरकार र काठमाडौं महानगरपालिकाको आलोचना भइरहेको छ । आफ्नो सर्वत्र आलोचना भएपछि सफाइ दिन महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पत्रकार सम्मेलन गर्नुभयो र खाना खुवाउन रोक्नुको कारण पेश गर्नुभयो । उहाँका अनुसार खुल्ला मञ्चमा खाना खानेका तस्बिर र भिडियोले नेपाल र नेपालीको बेज्जत भइरहेको छ रे ।

कोरोना महामारी रोक्न चैतमा लकडाउन भएलगत्तै काम गुमाएकाको बिचल्ली भयो । बिहान कमाएर बेलुकीको छाक टार्नेहरु भोकभोकै पर्न थाले । त्यसैले केही मनकारीले निशुल्क रुपमा खाना खुवाउने अभियान शुरु गरेका थिए ।

काम गुमाएकाहरु अहिले पनि बेरोजगार नै छन् । त्यसैले खुल्लामञ्चसहित निःशुल्क खाना खाने ठाउँमा भीड लाग्छ । तर यो अभियानले मेयर साहेबलाई टाउको दुखेको छ । त्यसैले उहाँ खुल्ला ठाउँमा खाना खुवाउने अभियान बन्द गर्नुपर्ने पक्षमा हुनुहुन्छ । खुल्ला मञ्चको सट्टा उहाँ पार्टी प्यालेसमा लगेर खाना बाँड्न आग्रह गर्नुहुन्छ ।

कोरेना संक्रमण हुँदा श्रीमतीसहित पाँच तारे होटल सोल्टीमा आइसोलेसनमा बसेका मेयर शाक्यलाई चैतदेखि नै पार्टी प्यालेस बन्द छन् भन्ने पनि हेक्का छैन । उहाँलाई यो पनि थाहा छैन कि पार्टी प्यालेस बन्द भएकै कारण त्यहीका कामदार पनि खानाका लागि खुल्लामञ्चमा धइरहेका छन् । अनि उहाँलाई काम नपाएकै कारण मान्छेले खान पाएका छैनन् भन्ने पनि जानकारी छैन । त्यसैले भन्नुहुन्छ–सक्नेले काम गरेर खानु पर्छ ।

हो सक्नेले काम गरेरै खाने हो र खाइरहेका छन् । तर नसक्ने जसले काम गुमाएका छन् । जसको रोजीरोटी गुमेको छ । उनीहरुले सक्नेले दिएकै खाना त खाएका छन् । सोल्टी होटलमा आइसोलेशन बस्ने सबैको हैसियत हुन्थ्यो भने यसरी कोही पनि खानाका लागि लाइन बस्ने थिएनन् भन्ने मेयर साबले नबुझ्नु भएको हो की बुझेर पनि पचाउनु भएको ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *