Main News

नेपालमा गरिने कोरोना परीक्षण विश्वसनीय भएनः वायु सेवा निगम

हिमालय टिभी
२०७७ कार्तिक १९ गते १५:०३
नेपालमा गरिने कोरोना परीक्षण विश्वसनीय भएनः वायु सेवा निगम

१९ कात्तिक, २०७७ काठमाडौं । नेपाल वायु सेवा निगमले देशका प्रयोगशालामा भएको कोरोना परीक्षण विश्वसनीय नहुँदा आफूलाई ठूलो आर्थिक नोक्सानी भएको र प्रतिष्ठामा आँच पुगेको जनाएको छ ।

एअरलाइन्सले आज विज्ञप्ति निकालेर सजगताका साथ पीसीआर परीक्षण गर्न प्रयोगशालालाई अनुरोध पनि गरेको छ ।

नेपालका प्रयोगशालाको कोरोना नेगेटिभको रिपोर्ट दिएका यात्रुलाई नेपाल एयरलाइन्सले गन्तव्यमा पुर्‍याएर त्यहाँ परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिने गरेको छ ।

जसका कारण कोरोना संक्रमित यात्रु ल्याएको भन्दै केही देशले नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएका छन् । नेपाल एअरलाइन्सका यात्रुमा कोरोना देखिएपछि हङकङले उडानमा प्रतिबन्ध लगाइसकेको छ ।

दुबई र नारिता विमानस्थलले नेपाल एयरलाइन्सलाई चेतावनी पठाएका छन् । जसका कारण एयरलाइन्सले नेपालका प्रयोगशालाको विश्वसनियतामाथि नै प्रश्न उठाएको छ ।

नेपाल एयरलाइन्सले पीसीआरको नमूना दिएपछि सावधानी अपनाएर सजग रहन यात्रुलाई पनि आग्रह गरेको छ । नेपालमा रिपोर्ट नेगेटिभ देखाउने तर अरु देशमा गएर परीक्षण गर्दा पोजेटिभ आएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयंले लिनुपर्ने पनि एअरलाइन्सले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

One thought on “नेपालमा गरिने कोरोना परीक्षण विश्वसनीय भएनः वायु सेवा निगम

  1. कसरी यात्रुले जीम्मेबारी लीने बिहान स्टार हस्पीटलले पोजेटीब रिपोर्ट दिन्छ अनी अर्को मा पुन १२ बजे चेक गर्दा नेगेटीभ आउंछ अनी नारीतामा चेक गर्दा पनी नेगेटीभ दिन्छ भने यो नेपाल को चेक गर्दा को लापर्भाईको जिम्मेदारी यात्रु मै थोपोरेर अझै नेपाल वायु सेवा पनी जिम्मेवारी बाट उम्केर मनपरी चेक गर्ने संस्था हरुलाई उर्जा प्रदान गरी यात्रुको मनोबल गिराउने काम गरे जस्तो लाग्यो नकी पीसआर चेक लाई चुस्त बनाउन दबाब दिने ठाउँ मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *