Main News

म कुनै हालतमा राजीनामा दिन्नँ, मैले राजीनामा दिए देश बर्बादीतिर जान्छः प्रधानमन्त्री ओली (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १९ गते १४:३४
म कुनै हालतमा राजीनामा दिन्नँ, मैले राजीनामा दिए देश बर्बादीतिर जान्छः प्रधानमन्त्री ओली (भिडियोसहित)

१९ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ ।

बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै कुनै पनि परिस्थितिमा आफुले राजीनामा नदिने बताउनुभएको हो ।

तपाईहरु विचार गर्नुस् के अहिले मैले राजीना दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरा लागि होइन देशका लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन् । त्यो मैले दोहोर्‍याएर भनेको छु फेरी केहीले खोइत राजीनमा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।

पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भए पनि राजीनामा नदिने स्पष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभयो ‘तपाईहरु विचार गर्नुस् के अहिले मैले राजीना दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरा लागि होइन देशका लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन् । त्यो मैले दोहोर्‍याएर भनेको छु फेरी केहीले खोइत राजीनमा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताउनुभयो । कुनैपनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने द्विविधामा नपर्नसमेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो ‘म यस ठाउँमा आएको मेरा रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुर्‍याएको म जालझेल तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार फेरिन्छ कि बदलिन्छ कि धेरैले धेरैपल्ट धेरै प्रकारका कोशिसहरु गरे । भित्र, बाहिर अनेकथरिका कोशिसहरु आए । जेमा पनि आलोचना गर्ने, जेमा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृतिहरु छन् त्यसबाट प्रभावित नहौं ।’

प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागिरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘एकथरी अस्थिरताको खेती गरिरहने देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्न आद्दत छ । एडिक्ट भएका छन् कोही ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *