खेलकूद

आईपीएलको प्लेअफ समीकरण पूरा, मुम्बईविरुद्ध हैदराबादको जित

हिमालय टिभी
२०७७ कार्तिक १९ गते ७:५७
आईपीएलको प्लेअफ समीकरण पूरा, मुम्बईविरुद्ध हैदराबादको जित

१९ कात्तिक,२०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल)को प्लेअफ समीकरण पूरा भएको छ ।

लीग चरणको अन्तिम खेलमा शीर्ष स्थानको मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जितसहित सनराइजर्स हैदराबाद प्लेअफ प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

प्लेअफ प्रवेशका लागि जित्नैपर्ने दबावमा रहेको हैदराबादले १ सय ५० रनको १७ दशमलव एक ओभरमा बिना विकेट गुमाएर भेट्टाएको थियो । उसका लागि कप्तान डेविड वार्नरले ८५ तथा रिद्दिमान साहाले ५८ इनको इनिंग्स खेले ।

यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । उसका लागि केरोन पोलार्डले सर्वाधिक ४१ रन बनाए ।

त्यस्तै सूर्यकुमार यादवले ३६, इशान किशनले ३३ तथा क्विन्टन डिककले २५ रन बनाए । बलिङमा हैदराबादका संदीप शर्माले ३ तथा ज्यासन होल्डर र साहबाज नदीमले समान दुईदुई विकेट हात पारे । नदीम म्यान अफ द म्याच चुनिए ।

अब पहिलो क्वालिफायरमा साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स तथा पहिलो इलिमिनेटरमा रोयल च्यालेञ्जर्स बेंग्लोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्