Political Hightlights

पार्टी एकता जोगाउन भूमिका खेल्न उपाध्यक्ष गौतमलाई राष्ट्रपति भण्डारीको आग्रह

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १९:४०
पार्टी एकता जोगाउन भूमिका खेल्न उपाध्यक्ष गौतमलाई राष्ट्रपति भण्डारीको आग्रह

१८ कात्तिक, २०७७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजनको त्रास बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय हुनुभएको छ ।

राष्ट्रपति भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर नेकपाभित्रको समस्याबारे छलफल गर्नुभएको छ । भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गर्नुभएको छ ।

पहिले पनि पार्टी एकता जोगाउन भूमिका खेल्दै आएको भन्दै यसपटक पनि एकता जोगाउनका लागि लाग्न राष्ट्रपतिले आग्रह गरेको नेकपा उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिनुभयो ।

गौतमको एकता गर्नेदेखि जोगाउनेसम्म भूमिका रहेको भन्दै प्रशंसा गरेकी राष्टपति भण्डारीले यसपटक स्थिति जटिल भन्दै विभाजन हुन नदिने गरी लाग्न आग्रह गर्नुभएको छ ।

जवाफमा उपाध्यक्ष गौतमले आफू पार्टी एकताको पक्षमा रहेको र त्यसका लागि फेरि पनि लाग्ने बताउनुभएको छ । पार्टीभित्र विधि, पद्धति बसाउनेदेखि एकता जोगाउने काममा लागिरहेको पनि गौतमले राष्टपतिलाई जानकारी गराउनुभएको छ ।

नेकपाभित्र विवाद चर्किएका बेला गौतम शितल निवास पुग्नु अर्थपूर्ण मानिएको छ । आइतबार उपाध्यक्ष गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि सहभागी हुनुहुन्थ्यो । नौ सदस्यीय सचिवालयमा गौतम निर्णायक अवस्था हुनुहुन्छ ।

नेकपा भित्र समस्या पर्दा त्यसलाई जोगाउन सक्रिय भूमिका खेल्दै आएकी राष्टपति भण्डारी यसपटक पनि अघि सर्नुभएको छ । तर राष्ट्रपतिको यो भूमिकाको आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्