गण्डकी र प्रदेश १ मा एकै दिन १४ जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १८:२८
गण्डकी र प्रदेश १ मा एकै दिन १४ जना कोरोना संक्रमितको मृत्यु

१८ कात्तिक, २०७७ काठमाडौं । गण्डकी र प्रदेश १ मा एकैदिन थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गण्डकीमा ८ र प्रदेश १ मा ६ जनाको मृत्यु भएको हो ।

गण्डकी प्रदेशको कास्की पोखरा महानगरपालिकाका ४, बागलुङका २, नवलपुर (नवलपरासी पूर्वी) र तनहुँका एकएक जनाको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ की ५९ वर्षीय महिला, वडा नम्बर १३ का ५५ वर्षीय पुरुष, वडा नम्बर ६ का ७२ वर्षीय पुरुष, वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसैगरी, प्रदेश १ को विराटनगरका विभिन्न तीन वटा कोभिड अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ ।

विराट शिक्षण अस्पतालमा तीन, न्युरो अस्पतालमा दुई र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो ।

यस्तै, पाल्पामा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । रामपुर नगरपालिका ७,पाल्पाका ४४ वर्षीय पुरुषको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा आज मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *