आर्थिक

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसहितका पदमा ढकाल समूहको उम्मेदवारी दर्ता

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १८:१२
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसहितका पदमा ढकाल समूहको उम्मेदवारी दर्ता

१८ कात्तिक, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उहाँको प्यानलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

कोभिडका कारण गत चैतमा स्थगित भएको निर्वाचन आगामी मंसिरमा हुँदैछ । मंसिर ११, १२ र १३ गते हुने निर्वाचनमा महासंघका वर्तमान उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाइले उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ता पछि ढकालले नीजि क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगी व्यवसायीहरु मिलेर अगाडी बढ्ने बताउनुभयो ।

सबै प्रकारका व्यवसाय सञ्चालन गरी विदेशी लगानी समेत प्रवर्द्धन गर्ने उल्लेख गर्दै उहाँले देश विदेशमा रहेका लाखौ नेपालीहरुका लागि रोजगारी सिर्जना हुने औद्योगिक वातावरण सिर्जना गर्ने बताउनुभयो ।

ढकाल प्यानलबाट महासंघको केन्द्रीय सदस्यमा केन्द्रीय सदस्यहरुमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जय सिवाकोटी, सुवास भण्डारी, प्रकश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठ उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *