Political Hightlights

कांग्रेसले तीन दिन पार्टी केन्द्र र जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १६:४४
कांग्रेसले तीन दिन पार्टी केन्द्र र जिल्ला कार्यालयमा आधा झण्डा झुकाउने

१८ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रतिनिधिसभा सांसद समेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा शोक व्यक्त गर्दै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

कांग्रेस नेता पूर्णबहादुर खड्काले कात्तिक १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको बताउनुभयो ।

यस्तै १९ गते सबै कार्यालहरु बन्द गर्ने र केसीको निधनको १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका ७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्