समाज

बजेट अभावका कारण रामेछापको दोरम्बास्थित सामुदायिक अध्ययन केन्द्र बन्द (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १४:४१
बजेट अभावका कारण रामेछापको दोरम्बास्थित सामुदायिक अध्ययन केन्द्र बन्द (भिडियोसहित)

१८ कात्तिक, २०७७ रामेछाप । रामेछापको दोरम्बा बजारमा रहेको सामुदायिक अध्ययन केन्द्र बजेट अभावका कारण बन्द भएको छ । २०६४ सालदेखि सञ्चालनमा रहेको केन्द्र बन्द भएपछि स्थानीय विद्यार्थी मर्कामा परेका छन् ।

रामेछापको दोरम्बा आसपासका बालबालिकालाई अध्ययन सहज होस् र अध्ययन केन्द्रबाटै पत्रपत्रिका र इन्टरनेटमार्फत देश विदेशका खबर प्राप्त होस भनेर २०६४ सालमा यो केन्द्र स्थापना गरिएको हो । तर अहिले बजेट अभावका कारण यो केन्द्र बन्द छ ।

अध्ययनन केन्द्र बन्द हुँदा यस भेगका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले कम्प्युटर शिक्षा पाएका छैनन् भने गाउँका अन्य व्यक्तिले देश विदेशका सूचना र समाचार । केन्द्रमा कम्प्युटर पनि छन् । तर बजेट अभावमा ती चलाउने कर्मचारी भर्ना गर्न सकिएको छैन ।

सामुदायिक अध्ययन केन्द्रलाई नेपाल सरकारले स्थानीय तहमार्फत १ लाख रुपैयाँ दिँदै आएको छ । यो रकमबाट अध्ययन केन्द्रमा एक जना सामाजिक परिचालक भर्ना गरिएको छ । सरकारबाट प्राप्त रकमले सामाजिक परिचालकलाई नै तलब खुवाउन गाह्रो छ । तर पनि यो केन्द्रको आवश्यकतालाई महशुस गरेर स्थानीय तहले बजेट विनियोजन गरेर यसलाई व्यवस्थित बनाउने योजना बनाएको छ ।

योजना हुने बजेट नहुने हुँदा अध्ययन केन्द्र प्रभावकारी हुन सकिरहेका छैनन् । यसर्थ योजना बनाउँदा दीर्घकालिन हुने गरी बजेट र जनशक्तिको व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *