Main News

विराटनगरमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १२:५९
विराटनगरमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

१८ कात्तिक, २०७७, मोरङ । मोरङको विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरमा न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा आज बिहान दुई जनाको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका– ११ का ४९ वर्षीय पुरुष र धरान उपमहानगरपालिका–१५ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरुको मृत्यु २० मिनेटको अन्तरमा भएको थियो ।

२७ असोजमा कोरोना पोजेटिभ देखिएका धरानका पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । १४ कात्तिकमा भर्ना भएका विराटनगरका मृतक पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *