Main News

कसले खेतमा फाल्यो स्मार्ट लाइसेन्स ? छानबिन गर्न समिति गठन (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १७ गते २०:२७
कसले खेतमा फाल्यो स्मार्ट लाइसेन्स ? छानबिन गर्न समिति गठन (भिडियोसहित)

१७ कात्तिक, २०७७ जनकपुरधाम । जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा भेटिएकोबारे अनुसन्धान हुने भएको छ । यातायात व्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ खेतमा भेटिएको थियो । प्रदेश २ सरकारले सचिवस्तरीय छानबिन समिति गठन गरेर दोषीमाथि कारवाही गर्ने बताएको छ ।

जनकपुरधामस्थित धान खेतमा स्मार्ट लाइसेन्स फालिएको विषयमा अनुसन्धान हुने र दोषी जोसुकै भए पनि कारवाही हुने प्रदेश २ सरकारले बताएको छ । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले सचिवबाहिर रहेकाले आउने बित्तिकै उच्चस्तरीय छानबिन समिति बनाएर दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यातायात कार्यालय जनकपुरधामले पनि आन्तरिक रुपमा घटनाका विषयमा अनुसन्धान गरिरहेको छ । कार्यालयले सातौं तहका अधिकृत पवन पजियारको संयोकत्वमा अनुसन्धान समिति गठन गरेर सात दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ । समितिमा छैठौं तहका दुईजना अधिकृत सदस्य छन् ।

अरु काम प्रदेशमा हुने तर लाइसेन्स छपाईको काम संघीय सरकारले काठमाडौंमै गर्ने भएकाले समस्या भएको प्रदेश सरकारको आरोप छ । लाइसेन्सको सबै काम प्रदेश सरकार मातहत आए सहज हुने मन्त्री सोनलको जिकीर छ ।

छापिएर आएका लाइसेन्स खेतमा फालिनुले कार्यालयको अव्यवस्था र असुरक्षा उदाङ्गिएको छ । स्टोर शाखा र लाइसेन्स वितरण शाखाले फालिएका लाइसेन्स आफ्नो शाखामा नरहेको भन्दै पन्छिरहेका छन् । तर यो घटना आन्तरिक विवादका कारण कर्मचारीकै संलग्नतामा भएको आशंका गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *