Main News

ह्वाइट हाउसअगाडी ट्रम्पविरुद्ध गालीगलौज, अभिव्यक्ति स्वतन्त्रताको उपयोग (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १७ गते १८:४८
ह्वाइट हाउसअगाडी ट्रम्पविरुद्ध गालीगलौज, अभिव्यक्ति स्वतन्त्रताको उपयोग (भिडियोसहित)

१७ कात्तिक, २०७७ वाशिङ्टन डिसी । नेपालमा हामीले सामाजिक सञ्जालमा लेखिएका विरोधका आवाजकै भरमा प्रहरीले कारवाही गरिरहेको देख्दै र भोग्दै आएका छौं ।

तर विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकामा राष्ट्रपतिको विरोधमा उनकै निवास अगाडि धर्ना दिने र जथाभावी पोष्टर टाँस्दासमेत कसैले कुनै हस्तक्षेप गर्दैन ।

यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवार बस्ने ह्वाइट हाउस अगाडिको दृष्य हो र यहाँ राखिएका तस्विर र व्यानरमा राष्ट्रपति ट्रम्प र उनको सरकारको कडा आलोचना गरिएको छ ।

राष्ट्रपति निवासकै पर्खाल बाहिर ट्रम्पलाई नै लक्षित गरेर निकै नै भद्दा तथा अश्लील भाषामा गाली गरिएको छ भने छेवैमा प्रहरीका गाडी सुरक्षाका निम्ति तैनाथ छन् ।

यद्यपि यसरी बसेका प्रहरीले न त कुनै हस्तक्षेप गर्छन् न कुनै चासो नै दिन्छन् । अमेरिकामा अस्वेत नागरिकको हत्याको विरोधदेखि कोरोना नियन्त्रणमा असफल भएका जस्ता थूप्रै आरोप लगाउँदै ट्रम्पले आगामी निर्वाचनमा हार्नुपर्ने वा सत्ताच्युत गरिनुपर्ने नारा लेखिएका पोष्टर टाँसिएका छन् ।

यसरी राखिएका तस्विर ह्वाइट हाउस घुम्न जाने पर्यटकले भने निकै चासोका साथ हेर्ने गरेका छन् । अभिव्यक्ति स्वतन्त्रताको नाम दिइएको र संविधानले नै प्रत्याभूत गरेका यस्ता अधिकारले नै अमेरिकाको कानून बलियो भएको छ भने नागरिकमा पनि एक अर्काको विचारप्रति सम्मान गर्ने परम्परा विकास भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *